स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको हो । कोरोना संक्रमण निषेधाज्ञा लगाउँदा पनि नियन्त्रणमा नआएपछि मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने प्रस्ताब मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालयको उच्च स्रोत बताउँछ । “स्वास्थ्य संकटकाल लगाउँने बारे अहिले मन्त्रालयमा अन्तिम चरणको गृहकार्य भइरहेको छ,” उच्च स्रोत भन्यो ।
पछिल्लो केही दिन यता संक्रमितको संख्या ह्वातै बढ्नु र अस्पतालमा बेड अभाव देखिन थालेपछि सरोकारवाला निकायहरुले स्वास्थ्य संकटकाल लगाउँन माग गर्न थालेका छन् । शनिवार नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर संक्रमणको चेन ब्रेक गर्न स्वास्थ्य संकटकाल लगाउँन सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, पहिलो कोरोना संक्रमणको लहरमा पनि संक्रमितको संख्या २ हजार र मृतकको संख्या १० पुगेपछि स्वास्थ्य संकटकाल लगाउँन सकिने प्रस्ताब स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । तर त्यो प्रस्ताब फिर्ता आएको थियो ।
के हो स्वास्थ्य संकटकाल ?
संक्रामक रोग ऐन २०२०, जनस्वास्थ्य सेवा ऐन २०७५, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार यो संकटकाल लगाइन्छ । यी ऐनका आधारमा सरकारले स्वास्थ्यमा आपत्कालीन सेवा घोषणा गर्छ । महामारीको अवस्था आएमा वा जनस्वास्थ्यमा गम्भीर समस्या देखिएमा जनस्वास्थ्य ऐनमा संकटकाल लगाउन सकिने व्यवस्था छ ।
यो संकटकाल लगाउँदा निजीक्षेत्रका संरचना अथवा सम्पत्तिहरू निजी अस्पताल, होटल, लज, पार्टी प्यालेस, विद्यालय आदि निश्चित समयका लागि सरकारले लिन सक्छ । स्वास्थ्य मन्त्रालयले चाहिने आवश्यक सामग्री खरिद गर्न चाहेमा गर्न पाउनेसम्मको आदेशमा जारी गर्न सक्छन् ।
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया