स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको हो । कोरोना संक्रमण निषेधाज्ञा लगाउँदा पनि नियन्त्रणमा नआएपछि मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने प्रस्ताब मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालयको उच्च स्रोत बताउँछ । “स्वास्थ्य संकटकाल लगाउँने बारे अहिले मन्त्रालयमा अन्तिम चरणको गृहकार्य भइरहेको छ,” उच्च स्रोत भन्यो ।
पछिल्लो केही दिन यता संक्रमितको संख्या ह्वातै बढ्नु र अस्पतालमा बेड अभाव देखिन थालेपछि सरोकारवाला निकायहरुले स्वास्थ्य संकटकाल लगाउँन माग गर्न थालेका छन् । शनिवार नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर संक्रमणको चेन ब्रेक गर्न स्वास्थ्य संकटकाल लगाउँन सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, पहिलो कोरोना संक्रमणको लहरमा पनि संक्रमितको संख्या २ हजार र मृतकको संख्या १० पुगेपछि स्वास्थ्य संकटकाल लगाउँन सकिने प्रस्ताब स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । तर त्यो प्रस्ताब फिर्ता आएको थियो ।
के हो स्वास्थ्य संकटकाल ?
संक्रामक रोग ऐन २०२०, जनस्वास्थ्य सेवा ऐन २०७५, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार यो संकटकाल लगाइन्छ । यी ऐनका आधारमा सरकारले स्वास्थ्यमा आपत्कालीन सेवा घोषणा गर्छ । महामारीको अवस्था आएमा वा जनस्वास्थ्यमा गम्भीर समस्या देखिएमा जनस्वास्थ्य ऐनमा संकटकाल लगाउन सकिने व्यवस्था छ ।
यो संकटकाल लगाउँदा निजीक्षेत्रका संरचना अथवा सम्पत्तिहरू निजी अस्पताल, होटल, लज, पार्टी प्यालेस, विद्यालय आदि निश्चित समयका लागि सरकारले लिन सक्छ । स्वास्थ्य मन्त्रालयले चाहिने आवश्यक सामग्री खरिद गर्न चाहेमा गर्न पाउनेसम्मको आदेशमा जारी गर्न सक्छन् ।














दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शंकर पोखरेल
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया