कञ्चनपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कञ्चनपुर । कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।
राष्ट्रिय अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । अभियानअन्तर्गत यही वैशाख ६ गतेदेखि ७ गतेसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ ।
“अभियानको पहिलो दिन खोप केन्द्र र तोकिएका स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो”, उहाँले भन्नुभयो, “आज महिला स्वास्थ्य स्वयंसेवीकाले केन्द्रमा नआएका बालबालिकाको घर–घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँछन् ।”
शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि बिहानैदेखि बालबालिकाको घर घरमा जान थालेको बताउनुभयो । “केन्द्रमा थोरै मात्रै बालबालिका आएका छन्”, उहाँले भन्नुभयो, “नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ ।”
भिटामिन ‘ए’ कार्यक्रम सरकारले विसं २०५० देखि अभियनका रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने विसं २०५६ देखि बालबालिकालाई खुवाइदै आएको छ ।













रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया