ब्राजिलियन फुटबलर कार्लोस केहीबेरमा नेपाल आउँदै
मेरोन्यूज
२०८२ वैशाख ९ गते ७:०७

काठमाडौं। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले सो जानकारी दिएको हो ।
जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।
कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया