मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी संकलन

काठमाडौं । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा श्रद्धास्थल मुक्तिनाथ मन्दिरमा चालू आर्थिक वर्षको अहिलेसम्ममा करिब ४७ लाख ९० हजार ९५२ रुपैयाँ भेटी सङ्कलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालू वर्ष २०८१/८२ मा चार पटकसम्म पाँचवटा भेटी बाकस खोल्दा उक्त रकम सङ्कलन भएको हो ।
समितिका सदस्य–सचिव तथा मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालले मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते गरी चारपटक भेटी गणना गरिएको जानकारी दिए ।
त्यस्तै, भक्तजनहरूले रसिद काटेर नगदरूपमा दिएको दान रकम गत वर्षको असार महिनासम्ममा करिब ८६ लाख र चालू वर्षमा अहिलेसम्म करिब ५० लाख रुपैयाँ समितिको खातामा जम्मा भएको चन्दा सङ्कलक रविन सुवेदीले बताए ।
भेटी रकममध्ये भारतीय रुपैयाँसहित अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या भइरहने गरेको सदस्य–सचिव अर्यालले उल्लेख गरे । विदेशी मुद्रा सटही सहज नभएकाले ठूलो परिमाणको रकम जिल्ला प्रहरी कार्यालय मुस्ताङमार्फत सुरक्षित व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।
मुक्तिनाथ विकास समितिले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्दा समितिको कोषमा कुल ९ करोड ११ लाख रुपैयाँ मौज्दात रहेको जनाएको छ । मुक्तिनाथ विकास समिति औपचारिक रूपमा वि.सं. २०६४ मा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गरिएको हो ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया