आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे।
पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले दुई विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए।
लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे। मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे। आयुश बडानीले २१ बलमा ३६ रन बनाए। सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भएका थिए। उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन्।दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया