काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी

काठमाडौं ।दर्जनौँको ज्यान जाने गरी काश्मीरमा आतङ्कवादी हमला भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किएका छन्। उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण भइसकेका छन्।
घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन्।काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन्।
पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ।कति जनाले त पारिवारिक भ्रमणमा गएको समयमा नै आफन्त गुमाएका छन्।
ओढीषाका प्रशान्त कुमार साम्पाथी बिदा मनाउन श्रीमती र बच्चासहित कश्मीर पुगेका थिए। उनको टाउकोमा नै गोली लागेको उनकी श्रीमती प्रियदर्शनीले बताएकी छिन्।पालङघमको सो घटनापछि मंगलबार नै मैनबत्ती बालेर दिवङ्गतलाई शोक व्यक्त गरिएको छ। मन्दिरमा जानेसमेत डराइरहेका छन्।
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया