धादिङ अस्पतालको आपत्कालीनबाहेक सेवा बन्द

धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीनबाहेक सबै सेवा आजदेखि बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ ।
आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपिडी सेवा बन्द गरिएको हो ।
अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ । रासस
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया