माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गरेकी छन् । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेकी हुन् ।
६ महिनामा उनले घोँगीपालनबाट एक लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरी बताउँछिन् ।
‘माछाका भुरा हालिएको पोखरीमा शुरूमा एक/दुई किलो घोँगी राख्ने गरेका छौं’, उनले भनिन्, ‘माछालाई जस्तै घोँगीलाई पनि दाना हाल्ने गरेका छौं ।’
‘दाना हाल्ने गरेपछि घोँगी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोँगी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोँगी बिक्री हुने गरेको छ’, चौधरीले थपिन् ।
उनका अनुसार यस वर्षको ६ महिनामा १२ क्विन्टल ५० किलो घोँगी प्रतिकिलो एक सयदेखि एक सय २० रूपैयाँका दरले बिक्री भएको छ ।
पोखरीबाटै केही घोँगी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । ‘धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोँगीको माग बढी छ’, चौधरीले भनिन्, ‘माग अनुसार उत्पादन गर्न सकेका छैनौं, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ ।’
घोँगी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेको उनले बताइन् ।
तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोँगीपालन गरिँदै आइएको चौधरीले जानकारी दिइन् । गत वर्ष ९० हजार जतिको मात्रै घोँगी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उनले बताइन् । घोँगीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिइन् ।
पहिले थारू समुदायको मौलिक परिकारका रूपमा मात्रै घोँगी पकाउने गरिन्थ्यो । हाल व्यापारिक मेला, होटेलमा नयाँनयाँ परिकारको माग आउन गनलेपछि सबै समुदायको रोजाइमा घोँगीका परिकार पर्ने गरेका छन् । एक अध्ययन अनुसार घोँगी खाँदा डिप्रेसन कम हुने र मस्तिष्कको विकासमा मद्दत पुग्ने गर्दछ ।
घोँगीको सेवनबाट हड्डी बलियो बनाउने कार्यसँगै प्रजनन् क्षमता बढाउनुका साथै यसमा ओमेगा फ्याट्री एसिड, क्याल्सियम, जिंक, पोटासियम, सोडियकलगायत पोषकतत्व पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सक बताउँछन् ।
कोलेस्ट्रोर कम हुने भएकाले मुटु र मिर्गौलाका लागि घोँगीका परिकार फाइदाजनक हुने चौधरीले बताइन् ।
‘काँचो घोँगी खाँदा टाउको, घाँटी दुख्ने कार्यसँगै केहीलाई एलर्जिको समस्या भने देखिन्छ । पहिले पानी जमेका धान खेत, पानीले भरिएका खाल्डाखुल्टी, तलाउमा थारू समुदायका महिलाले घोँगी संकलन गरी परिकार बनाएर साँझ, बिहानको खानामा पस्कने गर्दथे’, उनले भने ।
हाल माछासँगै पोखरीमा घोँगीपालनको कार्य हुन थालेपछि खोज्नका लागि अन्य क्षेत्र पुग्नुपर्ने झन्झट हटेर गएको चौधरीले बताइन् । उनका अनुसार परापूर्वकाल देखि थारू समुदायको मुख्य खान्कीका रूपमा अरु परिकार झै घोँगी पनि पर्दछ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया