रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो।
अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे। यसअघि ८४ औँ मिनेटसम्म २-१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए। लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए।
२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो। संसारका दुई शक्तिशाली दुई टोलीको खेल तनावमय थियो। सो खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए।
त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए।इन्जुरी समयको अन्तिम मिनेट अझ नाटकीय बनेको थियो। राफिन्हा बक्समा लडेपछि पछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरमा हेरेर निर्णय उल्ट्याइएको थियो। अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्ड समेत देखाइको थियो।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया