सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

गोलबजार (सिरहा)। सिरहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि आवतजावत सुरु भएको छ । पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो ।
सिरहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म जोडिने सडक धनगढीमाई–१४ वडा कार्यालयले बनाएपछि दुईवटै जिल्लाका सो भेगका विकट बस्ती नजिएका छन् ।
सुगम जिल्लाका रूपमा रहेका सिरहाको धनगढीमाई–१४ सडक नहुँदा दुर्गम भेगका रूपमा रहेको थियो । सडक बाटो, खानेपानी, बिजुलीको अभाव झेल्दै आएका यहाँका स्थानीयले स्थानीय तह पुनर्गठन भएसँगै अधाभूत सुविधा विस्तारै परिपूर्ति हुन थालेको छभने खानेपानीको अभाव अहिले पनि झेलिरहेका छन् ।
धनगढीमाई–१४ वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा गरी ३० लाख बजेटबाट सात मिटर चौडाइको कच्ची बाटो बनाएको थियो । सोही वडाका दुर्गम क्षेत्रका रूपमा रहेको सलहेस फेदको बस्ती अमले, गागन सिरानका स्थानीय र उदयपुर–५ सलहेस डाँडाका स्थानीयलाई पूर्वपश्चिम लोकमार्गको वडा नं १० जिरोमाइल बजार नजिक भएको छभने धनगढीमाईका स्थानीयका लागि मदनभण्डारी राजमार्ग पुग्न सजिलो भएको छ । धनगढीमाईकै गागन बस्तीबाट तीन किलोमिटर उत्तर उदयपुरको मदनभण्डारी राजमार्ग रहेको छ ।
सो सडक धनगढीमाईको वडा नं १० जिरोमाइल हाथीढुङ्गा, अमलेधोवान, करुढोका र गागनखोला हुँदै सरेखोलाको भित्तेपानीको पश्चिम सलहेस डाँडा कटारी नगरपालिका–५ सम्म हुँदै मदन भण्डारी मार्गमा जोडिन्छ । कटारी–५ का विश्वास तमाङले सिरहाको पूर्व–पश्चिम लोकमार्ग जान सिरहाकै मर्चैया वा सप्तरीको कदमहा बजार जाने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने थियो, अब सो बाध्यता हटेको उनले बताए ।
धनगढीमाई–१४ का वडाध्यक्ष अमित ठकुरीले यो सडक निर्माणले वडावासीका लागि यतायातमा सहजता भएको बताए । दुई जिल्लाको बाटोको दूरी छोट्याउने र व्यापार प्रयोजनका लागि पनि उत्तिकै महत्तवपूर्ण भएको उनले जानकारी दिए । सो सडक हिउँद बर्खामा सञ्चालन लागि तत्काल १० कल्भर्ट र दुई पुलको आवश्यकता रहेको जनाइएको छ ।
धनगढीमाई–१४ का जनक मोते परियारले भने सडक निर्माणले गाउँमा आवतजावत गर्न सहज भएको बताए । धनगढीमाई नगरपालिकाका इञ्जिनियर गङ्गाप्रसाद यादवले सडक निर्माणले विकासको मूलधारबाट टाढा रहेका बस्तीका लागि सहजता थपिएको बताए । रासस










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया