सोमबार, वैशाख १५, २०८२

१८ अर्ब अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

मेरोन्यूज २०८२ वैशाख १५ गते १६:५७

काठमाडौं। आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले झण्डै १८ अर्ब रूपैयाँ (१७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ) अवैध कारोबार गरेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको जनाइएको छ ।

पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् ।

यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, वीरगंजका सलमा खातुन, सप्तरीका शुसिलाकुमारी काहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरकिा शम्भु मेहता पनि पक्राउ परेका छन् ।

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशनविपरीतको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया