गगन थापालाई अदालतले माग्यो लिखित जवाफ
मेरोन्यूज
२०८२ वैशाख १६ गते १७:४५

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतले ५२ पदाधिकारीको मुद्दामा ‘हान्दिउँ भन्दै रोकेर राखेको’ भन्ने थापाकाे अभिव्यक्तिमा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।
गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा परेको थियो । अधिवक्ता अनन्तराज लुइँटेलसहितले दर्ता गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले मंगलबार (वैशाख १६)को पेसी दिइएको थियो ।
प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया