पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
विश्वभर हरेक वर्ष ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो ।
शिविरमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरूले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए । उनले भने, ‘नसर्ने रोग रोकथाम गर्न सकिने रोग हो । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्त्वपूर्ण छ ।’
जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताए । उनले भने, ‘नेपाली समाजमा हेर्ने हो भने मोटोपन, मधुमेह, हाइपरटेन्सन बढ्दो छ । नसर्ने रोगको नियन्त्रणमा सबै लाग्नुपर्छ ।’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरूले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताइन् । उनले भनिन्, ‘पत्रकारहरू असुरक्षित वातावरण तथा भौतिक आक्रमणको सामना गरिरहेका हुन्छन् । तथापी जहिल्यै पनि समाचारलाई पहिलो प्राथमिकतामा राख्छन् । स्वास्थ्यप्रति सजग हुनुपर्छ भनेर थाहा हुँदाहुँदै पनि नियमित परीक्षण गरिरहेका हुँदैनन् । स्वास्थ्यप्रति सचेतना फैलाउन यो शिविर आयोजना गरेका हौँ ।’










तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
लडेर बालिकाको मृत्यु,
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड
संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया