कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी

कोलम्बो । कोरोनाभाइरसको महामारी प्रति दिन बढ्दै गएपछि महामारी न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी गरिएको जानकारी दिएका छन् ।
आदेशमा विवाह भोज, धार्मिक भेला, भिडभाड हुने कार्यक्रमलगायतलाई पनि प्रतिवन्ध लगाइएको उल्लेख गरिएको छ । श्रीलङ्कामा दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा रहेको पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको बेलायती प्रकारबाट प्रभावितहरूको मृत्यु दर पनि उच्च रहेको उनीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरस महामारी न्युनिकरण प्रमुख तथा सेनापति शभेन्द्र सिल्भाले अनुगमनलाई तीव्रता दिइएको बताए । विषेश गरेर गम्भीर प्रकृतिका विरामीहरु धेरै रहेको क्षेत्रमा अनुगमनलाई प्राथमिकता दिइएको पनि उनले जानकारी दिए ।
आर्थिक पक्ष धरासायी हुने डरले सरकारले पूर्ण लकडाउन लागू गर्न नचाहेकोले भिडभाड हुन नदिने व्यवस्था कार्यान्वयनमा जोड दिइएको बताइएको छ । अहिले जारी गरिएको आदेशमा यही मे २१ सम्म विवाह भोजलगायतका कार्यक्रमहरु गर्न नपाइने उल्लेख गरिएको छ । अर्को सूचना प्रकाशित नहुदाँसम्मका लागि अन्य भिडभाड हुने कार्यक्रम तथा सार्वजनिक समारोह नगर्न आग्रह गरिएको छ ।
आदेशमा जनाइएअनुसार, चलचित्र हल, बालबालिका खेल्ने खेल मैदान, पौडी स्थल, बार तथा रेस्टुरेन्टहरु, क्यासिनो र रात्रि क्लवजस्ता विलासी र मनोरञ्जनमूलक सेवालाई पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्नु पर्नेछ । उद्योग तथा पसलहरु भने २५ प्रतिशत क्षमता मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।
विद्यालयसहितका शैक्षिक संस्थाहरुलाई पनि अनिश्चितकालका लागि बन्द गर्न आदेश दिइएको छ । श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने कम्तीमा ६८७ जनाको मृत्यु भइसकेको छ ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया