३६ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा
मेरोन्यूज
२०७८ वैशाख २० गते २१:०४

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आज साँझसम्म ३६ जिल्लामा जिल्लाभर र ९ जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रिपरिषद्ले पहाडी जिल्लामा २०० र तराईका जिल्ला तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे सम्बन्धित जिल्लामा स्थानीय प्रशासनले आंशिक वा जिल्लाभर निषेधाज्ञा जारी गर्न अधिकार प्रत्यायोजन गरेको छ ।
मन्त्रिपरिषद्को सोही अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सिफारिशका आाधरमा निषेधाज्ञा जारी गर्दै आएका छन् ।
निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले निषेधाज्ञालाई थप कडा पार्ने तयारी गरेको छ ।
सम्बन्धित
















सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया