प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
मेरोन्यूज
२०८२ वैशाख १९ गते २०:२५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
सम्बन्धित
प्रतिक्रिया