हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

सिरहा । सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ ।
बिहीबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना बचाइ राख्न स्थानीयले गरेको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरेको बताए ।
“स्थानीयको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरिएको छ”, नगरप्रमुख चौधरीले भने, “भौतिक र आध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौँ । यस वडामा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक निर्माण कार्यलाई गति दिएको छ ।” कूल नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिए ।
गाउँको विकास, सामाजिक कार्य र आयआर्जनका काम गर्न गाउँलेहरू सदैव एकताबद्ध र सक्रिय हुनेगरेको स्थानीय अगुवा अनिता चौधरीले बताउनुभयो । मन्दिर निर्माणले यस अभियानलाई अझ बढी टेवा पुग्ने उनले प्रस्ट्याए ।
मन्दिर साझा थलो हुनु भएकाले मन्दिर परिसरमा बसेर सामाजिक गतिविधि अगाडि बढाउन मन्दिर निर्माणले सहजता ल्याउने उहाँले विश्वास व्यक्त गरे ।
हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ति मैनबत्ती लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि तालिम सञ्चालन गर्ने सोचमा रहेका स्थानीय महिलाहरूले नगर प्रमुख महेशप्रसाद चौधरीको ध्यानाकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गरे ।
राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रमअन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया