‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’

कास्की । कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दी स्थित गोदाममा यस वर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो ।
हाल पार्दी स्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डिएपी ११६ मेक्ट्रिक टन र पोटास ३।५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले दिए। कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ । सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु.२१.५, डिएपी रु. ५०.५ र पोटास रु. ३८.५ तिर्नुपर्ने हुन्छ । पोखराबाहिरको हकमा भने ढुवानीबापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।
कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कूल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि रु २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ । कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा बढी सहकारीको आवेदन परेको बास्तोलाले जानकारी दिए ।
रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्न सक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया