बुधबार, वैशाख २३, २०८३

उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता

मेरोन्यूज २०८२ वैशाख २० गते १७:५३

धनगढी। अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतमा सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार विगत चार दिनदेखि भारतको मुम्बईबाट बेपत्ता भएका हुन् ।

Advertisement
NiccNicc

उपचारको लागि मुम्बई पुगेका उनी थिए। बोहराले मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए ।वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केदेखि अहिलेसम्म उनी सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए। पालिकाले एक सूचना जारी गर्दा बोहोरा हराएको भन्दै खोजी सुरु गरिएको समेत जनाएको छ । अन्दाजी ४०-४२ वर्षका बोहोराबारे वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार वैशाख १६ गतेदेखि बेपत्ता भएका हुन् ।

बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै अध्यक्ष साउदले खोजी तथा उद्धार कार्यमा जुट्न सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।बोहोराको बेपत्ता भएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराइसकेको उनले बताए। नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित बोहोरा न्यायिक समिति सदस्य पनि हुन् ।

प्रतिक्रिया