केपी ओलीको ज्ञानअगाडि म डबल डिग्रीवाला केही पनि होइन : राधिका शाक्य

काठमाडाैं । राधिका शाक्यले आफ्नो श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ८ कक्षा फेल भनेर गिज्याउने गरेकोमा निराशा व्यक्त गरेकी छिन्।
शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले आफूले डबल डिग्री गरेको भएपनि ओलीमा भएको ज्ञानअघि केही पनि नभएको बताइन्।
‘मैले दुईवटा विषयमा मास्टर्स गरेको छु, अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ,’ शाक्यले भनिन्, ‘म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ। तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन।’
जेलमा रहेका बेला केपी ओलीले सर्टिफिकेटमा खासै ध्यान नदिएको भन्दै उनले त्यहाँ बसेर सर्टिफिकेट लिनेहरुको पनि गुरु केपी ओली भएको बताइन्। ‘उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ,’ शाक्य भन्छिन्, ‘जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ। तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो।’













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया