एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए

काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा नै फर्किएका छन् ।
खानसँगै सो पार्टीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र वाग्मती प्रदेश सदस्य शैलेन्द्र राउत पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।
उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा नेपा एमाले ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।
महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उनले चर्चा गरे ।
एमालेमा फर्किएका भएको नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनीहरूले एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको बताए ।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया