धरहरा कप खुल्ला फुटसल प्रतियोगिता जेष्ठ ३० र ३१ गते हुँदै

काठमाडौं । लियो क्लब अफ काठमाडौं धरहरा हाइट र लायन्स क्लब अफ काठमाडौं धरहरा हाइटको संयुक्त आयोजनामा आगामी जेष्ठ ३० र ३१ गते काठमाडौंको स्पोर्ट्स जोन, ग्वार्को मा “धरहरा कप खुल्ला फुटसल प्रतियोगिता” भव्य रूपमा आयोजना गर्न लागिएको छ।
यो प्रतियोगिता युवा खेलकुद प्रेमीहरूको लागि एक महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।लियो क्लब अफ काठमाडौं धरहरा हाइटका अध्यक्ष ओम प्रकाश देव का अनुसार, “यो प्रतियोगिता केवल फुटसल प्रतिस्पर्धा मात्र होइन, हाम्रो उद्देश्य युवा पुस्तामा खेलकुदका माध्यमबाट नेतृत्व क्षमता र सहकार्यको भावना जगाउनु हो।
धरहरा कपलाई हामी एक नयाँ शुरुवातको रूपमा हेरिरहेका छौं, जसले युवा खेलकुदको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ।”प्रतियोगितामा विजेता टोलीलाई रु. १,००,००० नगद पुरस्कार र उपविजेता टोलीलाई रु. ५०,००० नगद पुरस्कार दिइनेछ। यस्तै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई रु. ५,००० नगद पुरस्कार दिने घोषणा गरिएको छ।रु. ८,००० दर्ता शुल्क राखिएको भए तापनि पहिलो १० टोलीहरूलाई रु. ७,५०० मा दर्ता गर्न विशेष अफर दिइनेछ।
आयोजकहरूले यो प्रतियोगितालाई फुटसल प्रेमीहरूको लागि मात्र नभइ, सम्पूर्ण युवा समुदायका लागि एक अनौठो अवसरका रूपमा प्रस्तुत गरेका छन्।















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया