प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमै गोली लागेजस्तो गरेको ?

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् ।
‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईंले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई। अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनुभयो। उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ? मुटुमै गोली लागेजस्तो किन भएको छ?
उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै कुलमान घिसिङलाई हटाएको विषय उचाल्नुको औचित्य नभएको बताए।
‘सरकारसँग उसको ट्युनिङ मिलेन उसको एउटा बन्दोबस्त भयो। प्रधानसेनापति हटाएजस्तो होइन, मुख्यसचिवलाई जगेडामा राखेजस्तो होइन। एकपटक सम्झिनुस्। तपाईँका पालामा के के भएका थिए,’ उनले भने।









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया