प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमै गोली लागेजस्तो गरेको ?

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् ।
‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईंले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई। अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनुभयो। उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ? मुटुमै गोली लागेजस्तो किन भएको छ?
उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै कुलमान घिसिङलाई हटाएको विषय उचाल्नुको औचित्य नभएको बताए।
‘सरकारसँग उसको ट्युनिङ मिलेन उसको एउटा बन्दोबस्त भयो। प्रधानसेनापति हटाएजस्तो होइन, मुख्यसचिवलाई जगेडामा राखेजस्तो होइन। एकपटक सम्झिनुस्। तपाईँका पालामा के के भएका थिए,’ उनले भने।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया