मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना: नौ जना घाइते, ६ को अवस्था गम्भीर

भीमफेदी (मकवानपुर) । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।अथ
दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।











फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया