सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट ६ जना मृत्यु

काठमाडौँ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् ।
महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका–८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।
यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।
बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको जोशीले बताए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया