मुख्यमन्त्री आचार्य र स्वीस राजदूतबीच शिष्टाचार भेट

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा ड्यानिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरण र विकासका लागि स्वीस सरकार तथा साझेदार सङ्घसंस्थाबीच अझ सहकार्य आवश्यक रहेको बताए ।
प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा साझेदारीको खाँचो औँल्याए ।
“यहाँहरूकोतर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ”, मुख्यमन्त्री आचार्यले भने, “तात्कालिन् द्वन्द्वका समयमा लुम्बिनी प्रदेश राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाएकामा म धन्यवाद व्यक्त गर्दछु । अहिले प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर अघि बढेको अवस्था छ ।”
स्वीस राजदूत डा मेउलीले स्वीस सरकारले नेपालमा सङ्घीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमता विकासमा साझेदारी गर्दै आएको बताइन् ।
सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन् ।
राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेललगायत सहभागी थिए ।















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया