कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

काठमाडौं। आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको हो ।
कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन् ।
डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाएका छन् । उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए । वैभव अरोराले ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए ।
इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो ।
जसअनुसार कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए । आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए । नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।
चेन्नईले यो सिजनको तेस्रो खेल जितेको हो । टोलीको १२ खेलपछि ६ अंक छ र टोली तल्लो स्थानमा छ भने कोलकाताले १२ मध्ये ६ खेलमा जीतेर र ६ खेलमा हार बेहोरेको छ । टोलीको ११ अंक छ । छैटौं नम्बरमा नाइट राइडर्सको टोली छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया