चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
मेरोन्यूज
२०८२ वैशाख २५ गते ११:०४

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४ मा रहेको जामिया इस्लामिया मदरसालाई बस हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका– २ का वडाध्यक्ष आलम अन्सारीले जानकारी दिए । स्थानीयवासीले चन्दा सङ्कलन गरी खरिद बस विद्यालयलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे ।
विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकोमा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए ।
सम्बन्धित








एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया