चीनले दिने २० हजार थान अक्सिजन सिलिण्डर अर्को साता नेपाल आइपुग्ने
चीनले दिने अक्सिजनको सिलिण्डमध्ये २ हजार थान हवाई र १८ हजार थान स्थलमार्गबाट ल्याउने तयारी

काठमाडौँ । नेपाललाई चीनले सहयोग दिने भनिएको २० हजार थान अक्सिजन सिलिण्डर अर्को सातासम्म काठमाडौँ आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनले सहयोग गर्ने २० हजार थान अक्सिजन सिलिण्डर अर्को सातासम्ममा नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
‘चीनले दिने भनिएको अक्जिसन सिलिण्डर अर्को सातासम्ममा नेपाल आइपुग्ने छ,’ डा. गौतमले भने, ‘हामीले २ हजार हवाईमार्ग र १८ हजार थान सिलिण्डर स्थलमार्गबाट ल्याउने तयारी गरेका छौँ ।”
कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्नका लागि नेपालको आग्रहपछि चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग दिने भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरूसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) मूल्य बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शुक्रबारको बैठकमा पनि चीनले सहयोग स्वरुप उपलब्ध गराउने भनेकामध्ये दुई हजार सिलिण्डरलाई जहाजबाट ल्याउनेबारे छलफल गरेको थियो ।
यसैगरी, गत साता नै सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरूको छलफलपछि २० हजार थान सिलिण्डर खरिद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया