शुक्रबार, वैशाख ४, २०८३

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

मेरोन्यूज २०८२ वैशाख २५ गते १६:२१

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीरकुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा छन् ।

पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइलसमेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

उनीहरूले सस्तो दरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक अकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया