मधेसको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइ

काठमाडौं । भारत र पाकिस्तानबिच तनाबका बिच मधेस प्रदेशमा सशस्त्र प्रहरी बल(एपीएफ)ले सीमाक्षेत्रमा सुरक्षा चेकजाँचमा कडाइ गरेको छ ।
बलले सीमानाकामा चेकिङ, पेट्राेलिङ गस्ती लगायतकाकामलाई तिब्रता दिएकाे हाे । मधेस प्रदेशमा भर्खरै सरुवा भएर आएका छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी कृष्ण ढकालले पनि आफै सीमाक्षेत्रमा पुगेर भइरहेका कामको अवस्थाबारे जानकारी लिइरहेका छन् ।

सिमानाकाको दशगजामा नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सशस्त्र बल (एसएसब)ले संयुक्तरूपमा क्रसबोर्डर पेट्रोलिङ गस्ति गरिरहेका छन् ।
त्यस्तै आवश्यता अनुसार सुरक्षा रणनीति बनाउने , सूचनाआदान गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।










५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया