मधेसको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइ

काठमाडौं । भारत र पाकिस्तानबिच तनाबका बिच मधेस प्रदेशमा सशस्त्र प्रहरी बल(एपीएफ)ले सीमाक्षेत्रमा सुरक्षा चेकजाँचमा कडाइ गरेको छ ।
बलले सीमानाकामा चेकिङ, पेट्राेलिङ गस्ती लगायतकाकामलाई तिब्रता दिएकाे हाे । मधेस प्रदेशमा भर्खरै सरुवा भएर आएका छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी कृष्ण ढकालले पनि आफै सीमाक्षेत्रमा पुगेर भइरहेका कामको अवस्थाबारे जानकारी लिइरहेका छन् ।

सिमानाकाको दशगजामा नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सशस्त्र बल (एसएसब)ले संयुक्तरूपमा क्रसबोर्डर पेट्रोलिङ गस्ति गरिरहेका छन् ।
त्यस्तै आवश्यता अनुसार सुरक्षा रणनीति बनाउने , सूचनाआदान गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया