जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका

काठमाडौं। भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बीबीसी हिन्दीका अनुसार जम्मु कश्मिरमा साइरनको आवाज ‘विष्फोट’को आवाज आएको छ । भारतका सैनिक प्रवक्ताले श्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएको सीएनएनले लेखेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
यस्तै भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ ।
भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन । यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो ।
यसअघि एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही गरेको थियो ।
उक्त कारबाहीका क्रममा एक सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका थिए ।
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया