नेपालमा नोबेल ब्रान्डको लन्च

काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो ।
३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास बोकेको नोबेल विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।
२५० भन्दा बढी एसके यु समावेश छन् भने नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।
“परिवारलाई एकसाथ ल्याउने” भन्ने नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ। युरोप, चीन, भारत, टर्की लगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गर्ने गरेको ब्रान्डले भरपर्दो र अत्याधुनिक उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको छ ।
उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पुरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिकी महाप्रबन्धक सज्जिता कार्कीले बताइन् ।
“हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ,” महाप्रबन्धक कार्कीले भनिन् ।
नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अफरहरू पनि प्रस्तुत गरेको छ। नोबेल ब्राण्ड पहिलो पटक दक्षिण एसियामा प्रवेश समेत गरेको छ ।














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया