भारत र पाकिस्तान तुरुन्त युद्धविराम गर्न सहमत भएको ट्रम्पको घोषणा
मेरोन्यूज
२०८२ वैशाख २७ गते १८:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’
दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्। यद्यपि, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।
दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन्। उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ।
पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग पनि कुरा गरेका थिए।
सम्बन्धित
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया