कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

काठमाडौं । कर विवरण तथा दाखिला गर्ने म्याद थप गर्न नेपाल चेम्बर अफ कमर्शले सरकारलाई आग्रह गरेको छ । चेम्बरले मंगलबार बिज्ञप्ति जारी गर्दै कर सम्बन्धित कागजपत्र कार्यालयमै रहने भएकाले विवरण र रकम दाखिला अनलाइनबाट सम्भब भएको जनाएको छ ।
चेम्बरले करले नै राज्य परिचालनका लागि आर्थिक सहयोग हुने भएकाले कर तिर्ने म्याद थप गर्ने व्यवस्थाको लागि अनुरोध समेत गरेको छ । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले नियन्त्रणका लागि भएको उक्त संक्रमणको निषेधाज्ञाले समस्यामा परेको चेम्बरले जनाएको छ ।
चेम्बरले उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको उल्लेख गरेको छ ।

















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
क्रिकेटर करण केसीले गरे बिहे
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया