नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा साहले यस्ताे बताएका हुन् । राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।
‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,’ आज संसदमा उनले भने, ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।’
विदेशमा लाखौं युवाहरुले आफ्नो खुन पसिना चुहाएर पैसा पठाइरहेको र त्यसकै रेमिट्यान्सले देश चलिरहेको भन्दै उनले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु त्यो पैसा जनताको लागि हो कि भ्रष्टाचारीको लागि हो ?’
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया