प्रहरी अस्पतालले जोखिम मोल्दै राम्रो काम गरेको छ – महानिरीक्षक थापा क्षेत्री

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालले जोखिम मोल्दै राम्रो काम गरेको बताएका छन् ।
नेपाल प्रहरी अस्पतालले युएनओपिएसको सहयोगमा निमार्ण गरेको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’को निरीक्षण गर्दै उनले यस्तो जोखिमपूर्ण अवस्थामा समेत नेपाल प्रहरी अस्पतालले राम्रो काम गरेका बताएका हुन् ।
उनले भने, ‘आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई इमान्दारीपूर्वक काम गर्नुपर्छ ।’
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पु¥याउने (युएनओपिएस)लाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे ।
अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आआफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने महानिरीक्षक थापाको भनाइ छ ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया