फेरिल्यान्ड र केभीकेएसएस सेमिफाइनलमा

काठमाडौं। फेरिल्यान्ड र केभीकेएसएस आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा फेरिल्यान्डले न्युटनलाई ३०–२५ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा रेणुका तामाङले ९ अंक योगदान गरिन् । खुशी मितोकको १६ अंक सहयोगमा केभीकेएसएसले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० ले हरायो ।
सिनियर गल्र्समै भ्याली पब्लिकले जेबी स्कुललाई ३९–२२ तथा ग्रिनल्यान्डले टीआईएलाई ४६–२९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिककी लोरिशा गौचनले १५ तथा ग्रिनल्यान्डकी प्रियंका चन्दले २३ स्कोर गरे ।
सेमिफाइनलमा ग्रिनल्यान्डको भेट केभीकेएसएससंग हुनेछ भने भ्याली पब्लिकले फेरिल्यान्ड विरुद्ध खेल्ने छ ।
जुनियर ब्वाइजमा न्युटनले स्किब्सलाई २९–१९, भ्याली पब्लिकले गोल्डेनपिकलाई ४१–४०, ग्रिनल्यान्डले पारामाउन्ट एकेडेमीलाई २७–२२ र लालीगुराँसले क्यान्भास बसन्त ऋतुलाई ३३–१७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । न्युटनका आशिष राईले १२, भ्याली पब्लिकका विधान भण्डारीले १६, ग्रिनल्यान्डका आशुतोष बोहराले ९ र लालीगुराँसका प्राण मल्लले ९ अंक जोडे ।
सेमिफाइनल भ्याली पब्लिक र ग्रिनल्यान्ड तथा न्युटन र लालीगुराँसबीच हुनेछ । दुवै समूहको सेमिफाइनल शनिबार हुनेछ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया