आइतबार, जेठ ४, २०८२

कोशी प्रदेश सभा आजबाट सुरु हुँदै

मेरोन्यूज २०८२ जेठ ४ गते ९:४६

विराटनगर । कोशी प्रदेशसभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो बोलाइएको बताए ।

प्रदेशसभा सचिवालयका अनुसार सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुनेछ ।

प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशनका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले जेठ ४ गते ९आज०का लागि बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया