सोमबार, जेठ ५, २०८२

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

मेरोन्यूज २०८२ जेठ ४ गते १७:२२

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३५ वर्षीय हिक्मतकुमार थापा र काठमाडौं महानगरपालिका–२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका–८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।

पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रुपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हिक्मतलाई टोखा नगरपालिका–५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका–२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया