फिर्ता लियो माओवादीले ओली सरकारलाई दिएको समर्थन (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सिंहदरवारस्थित संसद सचिवालयमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र वुझाएका हुन् ।
२०७४ फागुनमा एमाले संसदीय दलको नेता ओलीलाई संविधानको धारा ७६(२) को प्रयोजनार्थ माओवादी केन्द्रले सरकार गठनका लागि समर्थन गरेको थियो ।
त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता भएपछि ओली एउटै दलको वहुमतको सरकारको नेतृत्वमा थिए ।
तर २०७७ फागुन २३ मा सर्वाेच्च अदालतले दुई पार्टी वीचको एकता वदर गदै माओवादी र एमाले नै ब्यूताईदिने निर्णय लिएपछि ओलीसाग एक्लै एमालेको वहुमत संसदमा थिएन ।
माओवादी केन्द्रले सरकारबाट हटाउन ओलीलाई प्रयास गदै आईरहेको थियो ।
ओलीले यही वैशाख २७ मा संसदको विशेष अधिवेशन बोलाउन लगाई विश्वासको मत लिने निर्णय लिएपछि माओवादी केन्द्रले आज समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयका महासचिवलाई सम्वोधन गरी वुझाएको हो ।
माओवादी केन्द्रको हिजो बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा प्रम्ुख सचेतकले आज संसद सचिवालयमा पुगेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।
हेर्नुहोस समर्थन फिर्ता लिएको पत्र


















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया