शनिबार, चैत ७, २०८२

महिला टी-२० विश्वकप एसिया छनोट

युएईले नेपाललाई दियाे ११५ रनको लक्ष्य

मेरोन्यूज २०८२ जेठ ५ गते ११:०५

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)ले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालका सामु युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टेर्डथाइ क्रिकेट मैदान, थाइल्याण्डमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी थिइन, जुन खेलमा युएईले सो बराबरको लक्ष्य नेपालका सामु दिएको हो । 

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा रहेका छन् ।

सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ भने आजको बिजेता टोलीले सो स्थान बनाउनका लागि संघर्षरत रहेका छन् ।

प्रतिक्रिया