मेचीको कोभिड अस्पतालमा श्यया अभाव नहुने

काठमाडौँ । झापामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिनहुँ बढिरहेका छन् । तर, अधिकांश संक्रमित होम आइसोलेशनमा बसेकाले सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको चाप छैन ।
भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मंगलबारसम्म २२ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन् । भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनु परेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले संक्रमितको संख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि श्ययाको कुनै अभाव नरहेको बताए । मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेको र पिसिआर परीक्षण सुविधासमेत उपलब्ध रहेको छ । एक हजार जनाको दैनिक कोरोना भाइरस जाँच गर्ने क्षमता भएको पिसिआर प्रयोगशालामा हाल दिनहुँ २ सयभन्दा कम मानिसले सुविधा लिइरहेका छन् ।
अस्पतालमा अत्याधुनिक सुविधायुक्त एउटा भेन्टिलेटर, तीनवटा आइसीयु र २५ वटा एचडियु कक्ष रहेको अध्यक्ष पोर्तेलले जानकारी दिए । हाल ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको उपचार भइरहेको जनाउँदै उनले आवश्यकताअनुसार २५ श्ययाको एचडियुसमेत कोभिडका बिरामीको उपचारमा लगाइने बताए ।
अस्पतालको पुरानो भवनमा एचडियु, आइसियु र पिसिआर प्रयोगशाला राखिएको छ । नजिकै निर्माणाधीन भवनमा कोभिड उपचार केन्द्र सञ्चालित छ । कोभिड उपचार केन्द्रमा अक्सिजन सपोर्ट र चिकित्सक तथा नर्सिङ सेवाको व्यवस्था रहेको छ । अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।
अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको आफ्नै अक्सिजन प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ ।
दुई साता मेची अस्पतालको कोभिड उपचार केन्द्रमा बसेर स्वस्थ भएका पत्रकार दयाराम दाहालले सरकारी अस्पतालले कोभिडको उपचारमा चिकित्सक र नर्सको सहायता बढाउनुपर्ने सुझाव दिएको छ । ‘मैले त्यहीँ बसेर कोभिड निको भएँ’, पत्रकार दाहालले उपचार पाउँदाको अनुभव सुनाउँदै भने, ‘पौष्टिक खाना, खाजा र श्यया ठिकै थियो । तर भवन अपूरो छ, सरसफाइ राम्रो छैन । यसमा व्यवस्थापनको ध्यान जानुपर्छ ।’
गत वर्ष कोभिड संक्रमित भएपछि उपचारार्थ भर्ना भएका पत्रकार गणेशमान मुखियाले अक्सिजनको लेभल न्यून भएर अधिकांश कोरानाको बिरामी अस्पताल पुग्ने बताउँदै पर्याप्त अक्सिजनको व्यवस्था मिलाउन सुझाव दिए ।














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया