सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २२ गते १३:०६

सुनसरी । सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
ईटहरी उपमहानरगपालिका-६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२० प ४६८३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान ३३ वर्षीय कमल बहादुर खड्काको मृत्यु भएको हो ।
झापाको कचनकवल गाउँपालिका.६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित










नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया