विद्युत नहुँदा बन्द भएको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

काठमाडौँ । विद्युत् अभाव भएर बन्द भएको दाङको अक्सिजन उद्योग पुनः सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो । उपमहानगरका प्रमुख नरुलाल चौधरीका समन्वयमा विद्युत जडान हुने भएको हो । यसका साथै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितले मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको थियो ।
६ वर्षपहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भर पर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिलावस्थामा रहेका कोरोना संक्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो ।
यस उद्योगले दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले जानकारी दिए । विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ थियो ।
विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनले बताए ।
कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ ।










जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया