थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।
अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् ।नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।
सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो ।
नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् । ‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।
महिला टी-२०आईमा नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया