विश्व पौडेलविरूद्धको रिट दरपीठमाथिको सुनुवाइ सकियो, केही बेरमा आदेश आउँदै

काठमाडौं । गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई सकिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको चर्चाबीच सर्वोच्च अदालतमा रिट परेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरेको थियो ।
शुक्रबार सर्वोच्च अदालतले ‘समाचारमा मात्रै आएको हुनाले अपरिपक्व अवस्था रहेको र सामूहिक अधिकार हनन् भयो भन्ने दाबी कसरी भएको हो भन्ने खुलाउन नसकेको’ ‘अपरिपक्व’ भन्दै रिट दरपीठ गरेका थिए । उक्त रिट विरूद्ध अधिवक्ता उप्रेती र थापाले निवेदन दिएसँगै मंगलबार न्यायाधीश मल्लको इजलासमा सुनुवाइ सकिएको हो ।
उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया