सोमबार, वैशाख २१, २०८३

सर्लाहीमा ११२ किलो बढी गाँजा बोकेको स्कार्पियोसहित एकजना पक्राउ

मेरोन्यूज २०८२ जेठ ७ गते १०:१४

सर्लाही। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाईकलसहित १ जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। बिशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुुगेर कारबाही गरेको थियो।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको  टोलीले  डाइनी खोलाबाट तामाङलाई  प्लाष्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागुऔषध गाँजासहित पक्राउ गरेको हो । 

तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु.२२ प ३८९४ नम्वरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली पुुग्दा गाँजाको कारोवारमा संलग्न अन्य मानिसहरू फरार हुन सफल भएका थिए।  सोमबहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

फरार मानिसहरूको सम्वन्धमा अनुसन्धान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
 

प्रतिक्रिया