‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ । कक्षा नाैदेखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ ।
सिद्धिचरण नगरपालिका– ११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुंगाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए।
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए ।
यसैबिच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया