शनिबार, चैत ७, २०८२

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला

मेरोन्यूज २०८२ जेठ ८ गते ८:२४

काठमाडौं ।संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो।विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए।

प्रतिक्रिया